अाज जेठ ३ गते: कहाँ के-के घटना घटे?




२०७५ जेठ ३ बिहीवार
Bishnu Phadera

यौन व्यवसायमा संलग्न रहेको अभियोगमा पक्राउ 
कास्की
यौन व्यवसायमा संलग्न रहेको अभियोगमा पोखरा लेखनाथ महानगरपालिका(६ लेकसाईडस्थित होटल योकोहामाबाट होटल संचालक, यौन व्यवसायमा सहयोग गर्ने ट्याक्सी चालक सहित ५ युवा र ७ युवतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा अवैधरुपमा यौन व्यवसाय संचालन भइरहेको भन्ने प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मानिसहरुलाई मानव वेचविखन मुद्वामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मिटरमा जान नमान्ने पाँच ट्याक्सी पक्राउ 
कास्की
पोखरा नगर क्षेत्रको पर्यटकीयस्थल लेकसाईडमा भाडाका मिटर ट्याक्सीले सर्वसाधारण यात्रुसँग भाडामा जान नमानी बार्गेनिङ गरेको गुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बुधबार राति गरेको कारवाहीमा ५ वटा भाडाका मिटर ट्याक्सीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका ट्याक्सीहरुमा ग१ ज १८९८, ग१ ज ५३५८, ग१ ज १८७६, ग१ ज ४१९३ र ग१ ज ५५२५ नम्बरका रहेका छन् ।
यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चितुवाको दाँत सहित पक्राउ
काठमाडौं,
चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गास्थित चेकप्वाईन्टमा जाँच गर्ने क्रममा धादिङबाट काठमाडौंतर्फ पैदल आउँदै गरेका सिन्धुपाल्चोक तातोपानी(२ बस्ने ३६ वर्षीय दिलबहादुर तामाङलाई साथमा ल्याएको चितुवाको ४ वटा दाँत सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ 
धनकुटा,
आफ्नै श्रीमती ४५ वर्षीया गोपीमायाँ लिम्बुलाई बिहीबार खकुरी प्रहार गरी हत्या गरेको र झगडा छुट्याउन गएका छिमेकी ५५ वर्षीय खड्गप्रसाद लिम्बुलाई समेत खुकुरी प्रहार गरेको अभियोगमा सागुरीगढी गाउँपालिका(५ बेगना बस्ने ४६ वर्षीय कमलप्रसाद लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले दुबैजनालाई खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँडाबजारबाट खटी गएको प्रहरीले घाइतेलाई उपचारको लागि घोपा धरान पठाई अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।
घटनाका सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ 
सर्लाही,
जवरजस्ती करणी मुद्धामा वारदात पश्चात फरार रहेका प्रतिवादी सर्लाही कबिलासी नगरपालिका(४ बस्ने १८ वर्षीय राहुल रायलाई खोजतलासको क्रममा बिहीबार प्रहरीले फेला परी पक्राउ गरेको छ । प्रतिवादी राहुललाई उक्त मुद्धामा कारवाहीको लागि सर्लाही जिल्ला अदालत मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय हरिहरपुर सर्लाहीले जनाएको छ ।

सहकारी संस्थाबाट नगद चोरी 
काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित पिएनसिबी बचत तथा ऋण सहकारी संस्थामा रहेको नगद २ लाख ९४ हजार २ सय ७ रुपैयाँ सहितको लकर र सोही कोठमा रहेको सिसिटिभी क्यामेरा समेत गएराति चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुको साथै यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु तथा घाइते 

काठमाडौं महानगरपालिका ४ धुम्बराहीमा ना ६ ख २६०९ नम्बरको ट्रकले बा।२९ प ५५५३ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा गम्भीर घाइते भएका सोही मोटरसाइकलमा सवार काठमाडौं बालुवाटार बस्ने उदयपुरका ३३ वर्षीय हेमबहादुर निरौलाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधनका चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर  कटारी नगरपालिका(११ गहुँबारीस्थित कटारी(घुर्मी सडक खण्डमा कटारीबाट सोलुतर्फ जाँदै गरेको ना७ ख ६८०६ नम्बरको टिपर बिहीबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपरका सहचालक सिन्धुली दुधौली नगरपालिका२ टाँडी बस्ने १८ वर्षीय ईन्द्र तोलाङ्गीको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका टिपर चालक हर्देनी बस्ने ३० वर्षीय शेरबहादुर खत्रीको उपचार भइरहेको छ ।
दुर्घटनाका सम्वन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 आगलागीबाट धनमाल क्षति 
बर्दिया,
राजापुर नगरपालिका(३ बस्ने भक्तबहादुर रावलको कच्ची घर र गोठमा बिहीबार विद्युत सर्ट भई आगलागी हुँदा घर र गोठ जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीका सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु 

बाँके  कोहलपुर नगरपालिका(१० रामनगरमा से‍।१ ज ६५५ नम्बरको गाडीले भे।६ प ७८२७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा घाइते भएका मोटरसाईकल चालक कोहलपुर नगरपालिका१० बस्ने ४५ बर्षीय ऋषिराम चापागाईको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधन नियन्त्रणमा लिएर हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धादिङनिलकण्ठ नगरपालिका८ च्याडुखोलास्थित सडकमा ना‍३ ख ६१४३ नम्बरको ट्रक बुधबार आँफै अनियन्त्रित भई सडकबाट करीव ३५ फिट तल खसेर दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित ५ जना घाइते भएकाले उपचारार्थ जिल्ला अस्पताल लैजाने क्रममा निलकण्ठ नगरपालिका३ बस्ने त्रिपुरासुन्दरी गाउँपालिका६ का २६ वर्षीय गोकुल उपाध्यायको बाटोमै मृत्यु भएको छ ।
सप्तरी स् खडक नगरपालिका४ स्थित पूर्बपश्चिम राजमार्गमा स१ त ५५५९ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेको करीव १६ वर्षीय पुरुषको उपचारको लागि राउ अस्पताल लाहानतर्फ लैजाने क्रमामा बाटोमै मृत्यु भएको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नगद तथा टिभी चोरी 

काठमाडौं महानगरपालिका(१६ माछापोखरी सपिङ सेन्टरको ५औँ तलामा रहेको मेघा ड्रिङग बहुउद्धेश्यीय सहकारी संस्थाबाट मंगलबार कोही नभएको अवस्थामा नगद ७ लाख र २ वटा टिभी चोरी भएको छ ।
चोरहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु 

जाजरकोट  नलगाड नगरपालिका(७ बस्ने लालबहादुर चुनाराको १७ बर्षीय छोरा गोबिन्द चुनाराको बुधबार नलसिङगाड खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
नुवाकोट  सूर्यगढी गाउँपालिका(२ बोहोरे बस्ने कुमार धमलाको १८ महिनाको छोरा नारायण धमला आफ्नै घरमा भएको बाल्टिनको पानीमा डुबेर बुधबार मृत्यु भएको छ ।
बारा  सिमरा उपमहानगरपालिका(१४ बोरीड बस्ने ३२ बर्षीय सुमिना परियारको घर नजिकै बारीमा बुधबार घाँस काटने क्रममा पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 करेन्ट लागेर मृत्यु

मोरङ  सिटी सफारीको व्याट्री चार्ज गर्ने क्रममा बुधबार करेन्ट लागेर गम्भीर घाइते भएकी रंगेली नगरपालिका१ बबियाबिर्ता बस्ने ४० बर्षीय नहेनश्वरी राजबंशीको उपचारको लागि स्थानीय कटेल क्लिनिकमा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । व्याट्री चार्ज गर्ने क्रममा सोही ठाउँ बस्ने कुस्मी राजबंशी समेत करेन्ट लागेर घाइते भएकीले उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ ।
सुनसरी  घर नजिकै बिजुलीबाट मोटर चलाई पानी लगाउने क्रममा बुधबार करेन्ट लागेर बेहोस भएका रामधुनी नगरपालिका(२ कालोझोडा बस्ने ३२ बर्षीय जयराम चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट धनमाल क्षति 
कपिलवस्तु
शिबराज नगरपालिका(५ चन्द्रौटा चोकस्थित लक्ष्मी दुध डेरी पसल, पौडेल कम्प्युटर पसल र शिबराज सैलुन पसलमा बुधबार बिजुली सर्ट भई आगलागी हुँदा ३ वटै पसलका विभिन्न सामानहरू जलेर करीव १ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानियबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading…