प्रधानमन्त्री, मन्त्रीलाई नटेर्ने सचिव यसरी तानिए

२०७५ कात्तिक ८ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं – संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका हुन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राईकै आग्रहमा दुवै सचिवलाई सरुवा गरिएको हो । मन्त्रिपरिषद् बैठक नबसी उनीहरूलाई कारबाहीको शैलीमा प्रधानमन्त्री कार्यालयमा तानिएको आरोप लगाइएको छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले सचिव चौधरीलाई हटाउन लामो समयदेखि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । आफू पनि मधेसी मूलकै सचिव भएकाले मन्त्रीले हटाउन नसक्ने भन्दै चौधरीले बलमिच्याइँ गरेको यादवनिकट स्रोतले जनाएको छ ।

आजको राजधानी दैनिकमा खबर छ ।