भलिबल
भलिबल हातले बललाई हिर्काउँदै दुई टीमहरूबीच खेलिने एक परिचित खेल हो । एक टीममा ६ जना खेलाडीहुने गर्दछन् । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो ।[१]
विषयसूची
[लुकाउने]
इतिहास[सम्पादन गर्ने]
भलिबल को उत्पत्ति[सम्पादन गर्ने]
फेब्रुअरी ९, १८९५ मा, विलियम जी मोर्गन, होल्योके, मैसाचुसेट्स (संयुक्त राज्य अमेरिका), जो YMCA का शारीरिक शिक्षा निर्देशक हुन् उनले नयाँ खेल सिर्जना गरे जसको नाम मिन्टोनेट्टे जो घरको भित्र जतिसुकै खेललाडीको सहभागितामा खेलिन्थ्यो ।
मैदानको आकार[सम्पादन गर्ने]
यसको मैदानको लम्बाई १८ मीटर एवं चौडाई ९ मीटर हुन्छ। लम्बाई तर्फ मैदानलाई दुई बराबर बराबर भागहरूमा बाँडिन्छ। तत्पश्चात् दुई इन्च (५ सेंमी.) मोटो रेखाले यस मैदानको सीमारेखा बनाइन्छ। खेलमैदानको चारै तिर कम्तीमा तीन मीटर सम्म र ऊचाईमा ७ मीटर सम्म कुनै पनि किसिमको अवरोध नभएको ठाउँमा यो खेल खेल्न सकिन्छ। मध्य रेखाको समानन्तर दुवै तर्फ त्यहाँबाट तीन मीटरको दूरीमा आक्रामक रेखा कोरिन्छ। मैदानको पछिको रेखा भन्दा पछाडी तिर तीन मीटरको दूरीमा, मैदानको बाहिर पछि तिर एक रेखा तानिन्छ। यसलाई सेवाक्षेत्र (Service area) भन्छन्।
खेलको नियमहरू[सम्पादन गर्ने]
भलिबल खेल्दा निम्नलिखित त्रुटिहरूबाट खेलाडिहरू बच्नु पर्छ, अन्यथा यीनै त्रुटिहरू उनको टीमको लागि हारको कारण बन्न जान्छ।
(१) कम्मरमुनीको कुनै भागले बललाई छुन।
(२) बललाई हातमामा केही क्षण रोकिनबाट बचाउन, किन भनें यसलाई होल्डिंग मानिन्छ।
(३) एक पल्ट भन्दा धेर बललाई हिर्काएमा बाट ड्रिबलिंग हुने भय रहन्छ।
(४) तीन भन्दा बढी पल्ट बललाई एउटै टीमका खेलाडी द्वारा हान्नु लाई गल्ती मानिन्छ।
(५) दुई व्यक्तिहरूले एक साथ बललाई हिर्काउनु र त्यसबाट आवाज आउनुलाई डबल फाउल भनिन्छ।
(६) ब्लक गर्दाखेरी जाली (नेट)लाई कुनैपनि अङ्गले छुनु, या विपक्षी खेलाडीलाई छुनु, या मध्य रेखा पार गरेर विपक्षी क्षेत्रमा जानु आदि त्रुटिमा पर्दछ।
(७) सर्भिस बलले नेटमा छुनु।
(८) बल जाली सीमा भन्दा बाहिर आउनु।
(९) बल सीमारेखा भन्दा बाहिर खस्नु।
(१०) रोटेशन गर्दा खेरी पछिको पंक्तिमा रहेका खेलाडीहरू अग्रिम क्षेत्रमा गएर प्रहार गर्न सक्दैनन्, या गलत ढंगले रोटेशन गर्नु, या पछिको पंक्तिको खेलाडीले जालीमा आएर ब्लक गर्नु।
(११) यदि बल जालीको तलको किनारा बाट भित्र आउँछ भनें त्यसलाई फल मानिन्छ।
(१२) एकै पटकमा दुई पल्ट भन्दा अधिक टाइम आउट (समय माग्नु),
(१३) या एक मिनेट भन्दा बढी समयसम्म खेललाई रोकीराख्न आदि पनि त्रुटिहरूमा सम्मिलित छन्।
(१४) सर्भिस क्षेत्रबाट सर्भिस नगर्नु या सर्भिस गर्दा खेरी पछिल्लो सीमारेखा छुनु, या पार गर्नु, या ठीक ढंगसँग सर्भिस नगर्नु, यो सबै त्रुटि हुन्छ।
आफ्नो टीमको सर्भिसको बल अर्को टीमको गल्तीले खसेपछि अथवा बिग्रेपछि मात्र प्वाइन्ट पाइन्छ। यदि आफ्नो सर्भिसको पालामा आफ्नो गल्ती भएमा सर्भिस गर्ने पालो आर्को टीममा जान्छ।