विद्युत सर्ट भई आगलागी, बालकको मृत्यु

२०७५ मंसिर १८ मंगलवार
Newsdesk Shikharnews

काठमाडौं, मंसिर १८ – विद्युत सर्ट  भई आगलागी हुदाँ अर्घाखाँचीमा एक बालकको मृत्यु भएको छ ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–६ मेहपानीका ११ वर्षीय नारायण विकको जलेर मृत्यु भएको हो । सोमबार साँझपख बिजुली सर्ट भई विकको घरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

घरभित्र रहेको बालक बाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको जनाईएको छ । प्रहरीले आगो नियन्त्रण लिई खोजतलास गर्दा बच्चाको शव भेटिएको जनाएको छ ।