हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)

२०७५ मंसिर १६ आइतवार
Newsdesk Shikharnews

काठमाडौं । मिस वल्र्डको हेड टु हेड च्यालेन्जको पहिलो राउण्डमा समूह विजेता बनेकी शृंखला खतिवडा दोस्रो चरणमा सिंगापुरकी भेनिसा पेहसंगको प्रतिष्पर्धामा पछि परिन । हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी भेनिसा पेह विजेता बनेकी हुन् । दोस्रो चरणमा शृंखला खतिवडा र सिंगापुरकी भेनिसा पेहबीच प्रतिष्पर्धा भएको थियो ।

९० सेकेण्डको सममा ब्युटी विथ प्रपोज प्रोजेक्टको रुपमा श्रृंखलाले मकवानपुरको एक दुर्गम चेपाङ्ग गाउँमा सुरु गरेको अभियानका बारेमा बोलेकी थिइन् । त्यहाँका बासिन्दाहरु पिडा र शिक्षा स्वास्थ्यका बारेमा उनले आफ्नो अभिव्यक्ति दिएकी थिइन् ।

उनको जवाफमा मिस वल्र्ड २०१३ मेगान योङ, मिस वल्र्ड २०१६ स्टेफनी डेल भले र मिस वल्र्ड २०१७ मानुषी छिल्लरले मूल्यांकन गर्दै तिनै जना जजहरुले सिंगापुरकी भेनिसाको पक्षमा उभिएका थिए । सिंगापुरकी भेनिसा पेह विजेता बने संगै टप ३० मा स्थान सुरक्षित भएकी हुन् । साथै इन्डिया, युगान्डा, सिंगापुर, म्याक्सिको र थाईल्याण्डका प्रतिष्पर्धीहरु टप ३० पुग्न सफल भएका छन् ।

हेड टु हेडको ब्युटी विथ प्रपोजमा शृंखला पछि परेपनि अझैँ मिस वल्ड जित्ने सम्भावनाको ढोका भने बन्द भएको छैन । मल्टीमिडिया र पब्लिक च्वाईस दुई विधामा नेपालीहरुले भोटिंगमा साथ दिए उनिको मिस वल्डको यात्रा अझैँ अघि बढ्ने छ ।

बिज्ञापन