मध्य पुसमा नेपालगञ्ज गुञ्जने: राजेश, कमल र सन्दिप सहित आधा दर्जनले प्रस्तुति दिने

२०७५ मंसिर २७ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं, २७ मंसिर । मध्य पुसमा नेपालगञ्ज गुञ्जने भएको छ । पुस १६ गते आधा दर्जन राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित नेपालगञ्ज गुञ्जने भएको हो । बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गरिने जनाएको छ । जस अन्तर्गत नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँ बर्षको छेको पारेर म्युजिक फेटिभलको पहिलो आयोजना गर्न लागिएको आयोजक समीर बलामीले बताएका छन् ।

नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभल हुने भएको हो । कार्यक्रममा युवा वर्गको ढुकढुकी तथा गायक राजेश पायल राई, कमल खत्री को साथै नेपाल आईडल सिजन १ का सुरज थापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् । हाँस्य कलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हसाँउनेछन् । कार्यक्रमलाई बरिष्ठ पत्रकार नरेश भट्टराईले संचालन गर्नेछन् । कार्यक्रममा आईटम नृत्यहरु पनि प्रस्तुत हुनेछन् । नृत्यको लागि कलाकार फाईनल गर्न बाँकी रहेको र अन्य सबै कलाकारहरुलाई फाईनल गरिसकेको आयोजक संस्थाका अध्यक्ष समीर बलामीले बताएका छन् ।

मध्य पश्चिममा यो अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानिय आयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् । अहिले प्रचार प्रसारको काम तिब्र रुपमा शुरु भएको बताईएको छ । कार्यक्रमको लागी १५ बर्ष देखी ६० बर्ष सम्मका दर्शकहरुलाई लक्षित गरिएको छ । कम्तीमा ७ हजारदेखि १० हजार दर्शकको लक्ष्य राखिएको कार्यक्रमले नेपालगञ्जका सबै कलेजहरुमा क्याम्पेन शुरु गरिएको छ । आयोजकले पत्र पत्रिका, होडिङ्ग बोर्ड, ब्यानर, पोष्टर लगायतका प्रचारहरुलाई तिब्रता दिने जनाएको छ । नेपालगञ्जमा पनि चाँडै नै संचारकर्मीहरुसँग अन्तक्र्रिया गरिने पनि बताईएको छ । नेपालगञ्ज र कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि पनि यो कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित हुने सबै दर्शकहरुले नेपाली ढाका टोपि लगाएर आउनुपर्ने नियम आयोजकले बनाएको छ ।

जनवरी १ लाई नेपाली ढाका टोपि दिवसको रुपमा मनाउन कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने मनसायले उपस्थित दर्शकहरुले नेपाली ढाका टोपि लगाएर आउने वातावरण बनाउने आयोजकले दावी गरेको छ । पुर्ण सुरक्षा ब्यबस्था सहितको कार्यक्रमलाई स्थानिय सरकार, नेपाल पर्यटन बोर्ड, गोर्खा ब्रुअरी, जावलाखेल डिष्ट्रिलरी लगायतको प्रत्यक्ष सहयोग र सहकार्य हुने आयोजकले जनाएको छ । कार्यक्रममा दर्शकको लागि ५ सय र १ हजारको टिकट ब्यबस्था गरिएको छ । भिआईपि दर्शकको लागि भने २ हजार कायम गरिएको छ । दर्शकले कार्यक्रमको टिकट समाजिक सञ्जाल, बैंकमा रकम दखिला भौंचर मार्फत काट्न सकिनेछ । साथै टिकट बिक्रिको लागि आयोजकले स्वंयमसेवकलाई पनि परिचालन गरिएको छ । अन्तमा कार्यक्रम स्थलबाट पनि टिकट काट्न सकिने आयोजकले जनाएको छ ।

(etutorworld.com)