विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या

२०७५ मंसिर २८ शुक्रवार
Newsdesk Shikharnews

विराटनगर २८,मंसिर। विराटनगर महानगरपालिका-१७ धुनियाबस्ती बस्ने ५० बर्षीय शशि मण्डलको धारिलो हतियार छुरा प्रहारबाट मृत्यु भएको छ ।घरायसी विवादमा हुदाँ शशि मण्डलका छोरा २२ बर्षीय चुनु मण्डलले बिहीबार बेलुका धारिलो हतियार छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मण्डल को नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

छुरा प्रहारबाट आकाश मण्डल पनि घाइते भएका छन्। उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ। चुनुमण्डल लाई प्रहरीले नियन्त्रणमा लिएको छ।