दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
२०८१ असोज २४ बिहीवार
काठमाडौंका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइन ४३.५ ग्राम र नगद ६८ हजार रुपैयाँसहित पाँच जनालाई मंगलबार लागुऔषधि नियन्त्रण ब्युरोले पक्राउ गरेको हो।
प्रहरीले काठमाडौं–८ जयबागेश्वरी बस्ने २७ वर्षीय सुर्य संगतलाई काठमाडौं–८ पिंगलास्थानस्थित सडक किनारमा बा.४१ प ३४०६ नम्बरको मोटरसाइकलमा प्रतीक्षा गरेको अवस्थामा खैरो हेरोइन ७ ग्राम र नगद ४ हजारसहित तथा उनलाई लागुऔषध बिक्री गर्ने बाँके नेपालगञ्ज–१० बस्ने ३२ वर्षीय सुनिल गुप्तालाई काठमाडौं–८ तिलगंगाबाट ५.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानपश्चात नेपालगञ्जस्थित पानस फर्मास्यूटिकल्स प्रा.लि. का लाइजन अफिसर भएको खुल्न आएका गुप्ताले औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा दर्ता महाशाखा अन्तर्गत उद्योग दर्ता शाखामा भएको उक्त प्रा.लि.को नाम लेखेको दराजभित्र लुकाइछिपाई राखेको खैरो हेरोइन २२ ग्राम र डिजीटल तराजु १ थान समेत फेला परेको छ।
साथै उनले काठमाडौं गौशालास्थित साउथ एसियन गेष्ट हाउसको कोठा नम्बर २०८ मा बस्दै गरेका बाँके नेपालगंज–८ रानीतलाउ बस्ने २२ वर्षीय प्रकाश जोशी, नेपालगंज–५ बस्ने २२ वर्षीय सद्दाम अन्सारी नेपालगंज–१० बस्ने ३२ वर्षीय वीरेन्द्र सिंहलाई लागूऔषध वेचेको भन्ने सूचनाको आधारमा उनीहरूबाट लागुऔषध खैरो हेरोइन ९ ग्राम र नगद ६४ हजार सहित सोही गेष्टहाउसबाट बरामद गरी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो।