दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
२०८१ असोज २४ बिहीवार
नाटक : चाँदीको घेरा
लेखन : नरेश भण्डारी
निर्देशान्: टिकाभक्त जिरेल
कलाकार: अमृता खनाल ,राम केसी , ध्रुब सगर थापा, भिश्म जोशी , सिव प्रसाद अधिकारि, हेमन्त आर्यल, नितु पोखरेल, महबिर बिश्वोकर्मा , जितेन्द्र खड्का, सिक्छ्या के.सी , आकन्छ्या जि सि ,रिदम श्रेष्ठ
गत हप्ता पर्यटनवोर्डमा मन्चन गरियको नाटक ‘चाँदीको घेरा’ को सारंस कथा एउटी महिलालाई सुत्केरी व्यथा लागेको हुन्छ। उनी छटपटाउँछिन्। उनलाई सुत्केरी गराउन सुर्खेत वा नेपालगञ्ज पुर्याउनुपर्छ। तर एकमात्र यातायातको साधन हवाइजहाजको टिकट पाइदैन। गर्भवतीलाई भनिएको टिकट अरु नै कसैलाई दिन्छ विमानस्थल कर्मचारीले। टिकट नपाएपछि प्रसव वेदनाले तड्पिएकी गर्भवतीलाई लाग्छ यो अन्तिम क्षण हो। उनी भन्छिन्- आफू मरेपनि बच्चाको भविष्य उज्वल होस्। उनी सासु ससुराको काखमै ज्यान गुमाउँछिन्। अकालमा ज्यान गुमाउने पात्रहरुले ती अमेरिकी कथाकारलाई भन्दै थिए, ‘सिंहदरबारले हाम्रो ३६ वर्ष खायो!’ यो भन्नुको रहस्य उनीहरुले यसरी खोल्छन्- काठमाडौंवासीको औसत आयु ८२ वर्ष छ। कर्णालीवासीको ४६ वर्ष। काठमाडौं र कर्णालीको आयुको अन्तर ३६ वर्ष छ। हो यो ३६ वर्ष आयु काठमाडौंले उनीहरुको लिएको हो।
शिरमा पुरानो ढाकाटोपी। जीउमा दौरा सुरुवाल। झोलीझिम्टा बोकेर एक हुल युवाहरु कालापहाडमा जाँदैछन्। तीमध्ये एउटा युवक गर्भवती पत्नीलाई बुढा आमाबुबाका जिम्मा लगाएर अमिलो मन बनाएर निस्केको हुन्छ। त्यस्तै अर्को युवकले घरमा भन्छ ‘धानको बीउ छर्ने बेलासम्म नफर्किए ‘मरिसकेको सम्झिनु!’ उनीहरुको जीउज्यानको समेत निश्चित हुँदैन कालापहाडमा। भारतको उत्तराञ्चलमा काम गर्न जानुलाई कालापहाड भन्ने गरिन्छ। गरिबी र बेरोजगारीले उनीहरुलाई केही पैसा कमाउन कालापहाडको बाटो देखाउँछ।
शिखर न्यूज सँग नाटककी कलाकार अमृता खनला सँग गरियको कुराकानीमा आधारित ।