कविता

२०७३ असोज १३ बिहीवार
Shikhar News
Spread the love

096

बजाउछ ताली

विजय तिमिल्सिना

 

त्यो नसा भुल्न यो नसा लिन्छु
बोतल सँग सँगै मन खाली पार्दै
तिम्रो अनुहारको भितामा केरेको
तुच्छ तर सत्य पल्टाई पल्टाई

होलाउ तिमी लामो रेसको घोडा
आँफै हिंडेको बाटो बिर्सेंर
ठेस लागे त होनी ऐया आमा
नत्र हुड्छौ छाती कुन्चेर

माथि चडेर भर्र्याङ् फ्याली
आपत पर्दा हातमा पूजाको थाली
आज बाँच्न लाउने तिम्रो जुक्तीलाई
वा भन्दै दुनियाँले बजाउछ ताली