डा. केसीको स्वास्थ्यमा समस्या

२०७३ असोज १३ बिहीवार
Shikhar News
Spread the love

काठमाडौं– नवौं आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन सुरु गरेको छ । पटक÷पटक अनशनका कारण उनको स्वास्थ्यअवस्था कमजोर भएकाले यसपटकको अनशनको तेस्रो दिनमै स्वास्थ्य समस्या देखिन सुरु भएको चिकित्सकहरुको भनाई छ ।

४ वटा मागसहित डा. केसी असोज १० गतेदेखि आमरण अनशनमा छन् । शिक्षण अस्पतालका डा. प्रदिपकुमार श्रेष्ठको संयोकत्वमा उपचार समिति गठन भएको हो । समितिमा डा. दिब्या सिंह शाह, डा. सुभाष आचार्य, डा. जेन्टल सुन्दर श्रेष्ठ, डा. रबी नेपाली र नर्स सोभना श्रेष्ठ रहेका छन् । डा. केसीले अख्तियार प्रमुखलाई महाअभियोग लगाउनु पर्ने, राष्ट्रिय चिकित्सा शिक्षा नीति शंसोधन गरी पास हुनुपर्ने, मनमोहन विधेयक संसदबाट फिर्ता हुनुपर्ने, नीति नबनेसम्म नयाँ सम्बन्धन दिन नहुने मागसहित अनशनरत छन ।

यसै बिच बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक संसदबाट फिर्ता गर्ने निर्णय गरेको छ ।