दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
२०८१ असोज २४ बिहीवार
आश्विन १३, २०७३- ग्यास बोक्ने बुलेट ल्याउने/नल्याउने विवाद कायमै रहेका बेला संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली व्यवसायीकै स्वामित्व रहने गरी पुन: आयात गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
नेपाल आयल निगमले गत साउन ४ गते नेपाली व्यवसायीले ग्यास बोक्ने बुलेट ल्याउन पाउने गरी निर्णय गरेको थियो । त्यसको भोलिपल्टै आपूर्ति मन्त्रालयले खरिद प्रक्रिया अघि नबढाउने निर्णय गरेको थियो । यसबारे पक्ष विपक्षका व्यवसायीहरूबीचको ‘लबिङ’ का कारण हालसम्म बुलेट खरिद खुला हुन सकेको छैन । ‘एलपी ग्यास ढुवानी गर्ने बुलेट आयात सम्बन्धमा लामो समयको छलफल र निगम, मन्त्रालय एवं संसदीय समितिको निर्णय/निर्देशनबमोजिम नै खरिद प्रक्रिया अगाडि बढेको’ समितिको निर्णयमा भनिएको छ, ‘साथै नेपाल सरकारले भन्सार महसुल छुट दिइसकेको र निगमले खरिद गर्न स्वीकृति दिइसकेको अवस्थामा मन्त्रालयले उक्त वास्तविकता र आवश्यकतालाई ध्यान दिँदै नेपाली व्यवसायीकै स्वामित्व रहने गरी बुलेट खरिद प्रक्रिया यथाशीघ्र अगाडि बढाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिने ।
स्रोत कान्तिपुर