विश्वकै अग्लो ठाउँमा एभरेष्ट म्याराथन

२०७३ असोज १४ शुक्रवार
Shikhar News

१७ जेठ, काठमाडौं । विश्वकै अग्लो ठाउँमा हुँदै आएको ‘एभरेष्ट म्याराथन’ यस वर्षपनि भव्य रुपमा सम्पन्न भएको छ । म्याराथनमा नेपाली र विदेशी गरी १७१ जनाको सहभागिता थियो ।

कार्यक्रम संयोजक शिखर पाण्डेका अनुसार म्याराथनमा नेपाली ३७ जना, भारतीय १४ जना र १२० जना तेस्रो मुलुकका नागरिक थिए । मुलुकमा साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यसहित हरेक वर्ष सगरमाथा दिवस पारेर तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन आयोजना गरिँदै आएको छ ।

सोलुखुम्बुको एभरेष्ट बेसक्याम्प (५,३६४ मिटर) बाट सुरु भएको म्याराथन नाम्चेबजार (३,४४६ मिटर) पुगेर सम्पन्न भएको थियो । यस वर्ष फुल म्याराथन ओपन, फुल म्याराथन फुल फरेनर, फुल म्याराथन ओपन फिमेल, एक्स्ट्रिम र हाफ म्याराथन गरी चार क्याटोगरी रहेका थिए ।