खाद्य संस्थानले खसीबोका र च्याङ्ग्राको बिक्री थाल्यो, यस्तो छ मूल्य

२०७३ असोज १६ आइतवार
Shikhar News Admin
खाद्य संस्थानले आइतबारबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।
संस्थानको कार्यालय थापाथलीबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरिएको संस्थानका प्रवक्ता पवनकुमार कार्कीले सेतोपाटीलाई जानकारी दिए।
संस्थानले तराईका विभिन्न जिल्लाहरुबाट ४ ट्रक खसीबोका काठमाण्डौ भित्र्याइसकेको छ भने केही ट्रक आउने तयारीमा छन्। यस वर्ष संस्थानले १५ सय खसीबोका बेच्ने लक्ष्य राखेको छ।
त्यस्तै साढे ७ सय च्याङ्ग्रा मुस्ताङबाट काडमाडौं भित्रिसकेको कार्कीले बताए। उसले १५ सय वटा नै च्याङ्ग्रा बेच्ने लक्ष्य राखेको छ।
यस्तो छ बिक्री मूल्य 
संस्थानले २५ केजीभन्दा तलको खसीबोका प्रतिकेजी ४ सय ४० रुपैयाँ बिक्री मूल्य तोकेको छ। त्यस्तै २५ केजीभन्दा माथिका खसीबोकाको मूल्य प्रतिकेजी ४ सय ५० रुपैयाँ तोकिएको प्रवक्ता कार्कीले बताए।
२५ केजीभन्दा कम मूल्यका खसीबोकाको बिक्री बढी हुने गर्दछ।  त्यस्तै च्याङ्ग्राको मूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ तोकेको छ।