आलियाको स्थानमा डेब्यु गर्दै श्रीदेवीकी छोरी..

२०७३ असोज १७ सोमवार
Shikhar News
Spread the love

काठमाडौं – श्रीदेवी र बोनी कपुरकी ठूली छोरी जाह्नवी कपुरलाई पनि चाँडै ठूलो पर्दामा देखिने भएको छ ।

jhanvi-kapoor__1475474378
भारतीय मिडियाको रिपोर्टका अनुसार ‘शिद्धत’ नामक चलचित्रमा आलिया भट्टको स्थानमा उनी देखिने भएकी हुन् ।

करण जोहरको निर्माण तथा अभिषेक वर्मनको निर्देशनमा बन्न लागेको यो चलचित्रमा पहिले आलिया भट्टलाई लिने बताइएको थियो ।

तर, अब उक्त चलचित्रमा अब जाह्नवीलाई लिइएको बताइएको छ । यसको कारण भने खुलाइएको छैन ।

गत मार्च ६ मा उनले आफ्नो १९ औं जन्मदिन मनाएकी थिइन् ।

यसअघि उनले अमेरिकाको लस एन्जलिसमा ‘द लि स्ट्रासबर्ग थिएटर एन्ड फिल्म इन्सिटिट्युट’ मा अभिनयको ट्रेनिङ पनि लिएकी थिइन् ।

यसअघि उनले स्टुडेन्ट अफ दि इयर को दोस्रो भागमा डेब्यु गर्ने बताइएको थियो ।

Ratopati