अमिताभ बच्चन ठूलो दुर्घटनाबाट बाँचे

२०७३ असोज १८ मंगलवार
Abishkhar Khanal
Spread the love
भारतका राष्ट्रपिता महात्मा गान्धीको जन्मजयन्तीमा आयोजित एक कार्यक्रममा भाग लिन मुम्बईमा गएका बलिउडका महानायक अमिताभ बच्चन ठूलो दुर्घटनाबाट जोगिएका छन्।
गान्धीको जन्मजयन्तीमा भारतीय मिडिया एनडिटिभीले १२ घन्टाका लागि आयोजना गरेको ‘स्वच्छ भारत’ अभियानमा भाग लिन अमिताभ होटल सन एन्ड सेन्ड पुगेका थिए। कार्यक्रमको आकर्षक बनेका अमिताभलाई भेट्न उनी बसेको मञ्चमा भीड लागेपछि अत्याधिक भारका कारण मञ्च भाँचिएको थियो।
यसको अनुभव भएपछि अमिताभले सुरुमै भागेर आफ्नो ज्यान जोगाए। घटनामा अमिताभलाई कुनै चोट नलागेको बताइएको छ। कोरियोग्राफर गणेश आचार्य आफ्नो नृत्य प्रस्तुति दिएर फर्किएपछि अमिताभको आशिर्वाद लिन गएका थिए। त्यतिबेला उनीसँगै उनको ठूलो मण्डली पनि अमिताभ नजिकै पुगेको थियो। यतिबेला अमिताभ बसेको मञ्च अत्याधिक भारका कारण भाँचिन थालेको थियो।