नयाँ नोटले विहानै देखी सास्ती

२०७३ असोज १८ मंगलवार
Shikhar News
Spread the love

 

अश्विन १८,(शिखर न्यूज)घर घरमा दसैंको तयारीले गती लियको छ । दसैं आय पछी नयाँ नोटले चर्चा पाउछ । दसैंमा नयाँ नोट दक्षिणा दिने चलन पनि छ । राष्ट्र बैँकले दशैलाई नै मध्य नजर गरेर नयाँ नोटको बितरण गर्छ । सर्वसाधारणहरु नयाँ नोटको लाइनमा सास्ती व्यहोरेरै पनि बसी रहेका हुन्छन । अन्य दसैंमा झै यो दशैमा पनि नयाँ नोट लिने सर्वधारणको बैँकहरुमा घुइचो छ ।

सबै बणिज्य बैँक बाट नोट बितरण नभएका कारण राष्ट्र बैँकमा विहान ५ बजे देखी नै नोट साट्नेहरुको लाइन छ । बैँकहरुले आफ्ना ग्रहाकलाई नोट बितरण गरेको बताए पनि राष्ट्र बैँकमा लाइनमा बसेकाले अन्य बैंक बाट नोट नपाएको गुनासो गरे ।