नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा GSM प्रविधिको 3G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा 3G सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा हिजो (२०७३ असोज १९ गते) र सिमिकोटमा आज (२०७३ असोज २० गते) यो सेवा सञ्चालन आरम्भ गरेको हो ।
नेपाल टेलिकमले GSM मोवाइलमा 3G सेवा वि. सं. २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको 3G सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो ।
3G सेवा मार्फत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध गराउने नेपाल टेलिकमको योजना छ ।