New from Nepal

पहाड, मधेस तराइ कोहि छैनन पराइ…

पहाड मधेस मनैदेखि अलि अलि झुकेदेखि
कसलाई घाटा हुन्छ र देश माथि उठेदेखि

जात भन्दा माथि उठे ठाउ भन्दा माथी उठे
सन्सार नै जित्न सक्छ भाइ भाइ मनले जुटे
पहाड मधेस झरे देखि मधेस पहाड चढेदेखि
कसलाई घाटा हुन्छ र यो देश अघि बढेदेखि

चाहे पुर्ब चाहे पश्चिम नेपाल हाम्रो घर हो नि
जात आखिर जे भए नि नेपाली नै थर हो नि
हिमाल तराई मेची काली सधै सबै खुले देखि
को हुन्छ र पराई यहा मनमा गुरास फुलेदेखि

पहाड मधेस मनै देखि………

प्रेम राई ‘परीक्षित’