गजल: बिदेस नजाउ साथी। दिपेन्द्र “अश्रुमाली”

२०७३ असोज २६ बुधवार
Abishkhar Khanal
Spread the love

गजल:

नेपाल मै बैलर पाल ,बिदेस नजाउ साथी ।
बरु खरकै छाना हाल बिदेस नजाउ साथी ।
पसिनाले अरुको देस , सिचाइ गर्नु भन्दा ।
घरमै दुख गर्न थाल, बिदेस नजाउ साथी ।
आफ्नै घोर्‍यान कोठेबारी,भित्रै पैसा फल्छ ।
साग सब्जी फलाउ दाल, बिदेस नजाउ साथी।
साहु सित बिदेस जाने,ऋण खोज्न छाडी ।
खोरियाको ढुङ्गा फाल,बिदेस नजाउ साथी।
धनी हुने सपना देख्दै, बिदेस आए पनि ।
बिना पैसा बित्छ साल, बिदेस न आउ साथी ।

दिपेन्द्र “अश्रुमाली”