New from Nepal

भक्तपुर, लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

Bike Accident भक्तपुरः भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

विहान करिब १ः३० बजे बा २२ प ६०६९ नंको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौँ–३५ काँडाघारी घर भई कपन बस्ने २५ वर्षीय युकेश श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

भक्तपुरमा साथीको भान्जीको जन्मदिनको पार्टी मनाएर फर्कंदै गर्दा राति तीव्रगतिमा आएको मोटरसाइकल मनोहरा पुलको बारमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । मृतकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।