New from Nepal

नक्कली नोट छाप्ने दुई गिरोह पक्राउ..

screenshot_2016-10-15-10-34-33
जाजरकोटमा नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

बोहोरालाई मुसिकोटबाटै पक्राउ गरिएको हो भने देवकोटालाई मग्मामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोहोराका छोराले एक हजारको नोट लिएर बजारमा सामान किन्न आएका बेला उक्त नोट नक्कली भएको शङ्काका आधारमा पसलेले प्रहरीलाई खबर गरेका थिए ।