New from Nepal

पोर्चुगल पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ

कार्तिक ३, २०७३- भारतको दिल्लीबाट रसिया हुँदै पोर्चुगल पुर्‍याइदिने आश्वासन दिएर ठगी गर्ने पक्राउ परेका छन् ।

नयाँ बानेश्वरमा रहेको रिकोन एजुकेसनल कन्सल्टेन्सीकी सम्झना केसी र कोटेश्वरमा रहेको हाइलिंक एजुकेसनल कन्सल्टेन्सीका आनन्द केसीलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो । पोर्चुगल जान भनेर प्रतिव्यक्ति १० लाख पचास हजार रुपैयाँसम्म बुझाएका सात जना पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

परिसरले थप अनुसन्धान तथा कारबाहीका निम्ति उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाएको छ ।