सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
२०८१ असोज २० आइतवार
सिड्नी । यतिबेला सामसुङ ग्यालेक्सी एस सेभेन मोवाइल फोन धमाधम पड्किन थालेपछि विश्वभरका वायुसेवा प्रदायक कम्पनिहरुले विमानमा यो फोनको प्रयोगमा प्रतिवन्ध लगाउन थालेका छन् ।
अमेरिकाले विमानमा यो फोनको प्रयोगलाई पूर्ण रुपमा प्रतिवन्ध लगाइसकेको छ । नेपालको बुद्ध एयरलाइन्सले पनि यो फोनको प्रयोगलाई प्रतिवन्ध लगाइसकेको छ । त्यस्तै विश्वका अन्य विभिन्न देशका वायुसेवा प्रदायक कम्पनिहरुले पनि यो फोन उडानको समय प्रयोग, चार्ज र अन गर्नपनि प्रतिवन्ध लगाउने क्रम जारी छ ।
अमेरिकाले प्रतिवन्ध लगाएको केही घण्टापछि नै अष्ट्रेलियामा प्रमुख वायुसेवा प्रदायक कम्पनिहरुले पनि यो फोनलाई प्रतिवन्ध लगाएका छन् ।
शनिबार मध्यरातबाट लागु हुनेगरी यो फोनको प्रयोगलाई प्रतिवन्ध लगाइएको हो । अष्ट्रेलियाका प्रमुख वायुसेवा प्रदायक कम्पनिहरु क्वान्टास्, जेटस्टार, भर्जिन र टाइगरले विज्ञप्ती जारी गर्दै उडानका समयमा कुनैपनि तरिकाले ग्ययालेक्सी एस सेभेन फोन साथमा नबोक्न आग्रह गरेका छन् ।
यो नियम लगेजहरुका लागि पनि लागु हुने बताइएको छ अर्थात अबदेखी उडानका समय यो फोन बोक्न पनि प्रतिवन्ध लगाइएको छ ।
गत महिनामात्र सामसुङले अष्ट्रेलियाबाट ५१ हजार फोन फिर्ता मगाएको थियो । सामसुङले ब्याट्रि पड्किने समस्या देखिएपछि विश्वभरबाट करिब २५ लाख मोवाइल फोन फिर्ता लगिसकेको बताइएको छ ।