काठमाडौँ, ३ कात्तिक – त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐन कार्यान्वनय नआउन्जेल देशमा नयाँ मेडिकल कलेज खोल्न नपाइने कुरा दोहोरयाएका छन् ।
विस्तारित कार्यक्रमका नाममा एउटा निजी मेडिकल कलेजलाई सम्वन्धन दिन लागिएको सूचना आफूले पाएको भन्दै त्यस्तो नगर्न सम्वन्धीत अधिकारीहरुलाई चेतावनी दिएका छन् । डा केसीले कलेजको नाम भने उल्लेख गरेका छैनन् ।
बुधबार विज्ञप्ती जारी गर्दै डा केसीले विस्तारित कार्यक्रमको नाममा चोरबाटोबाट कुनै एउटा निजी मेडिकल कलेजलाई सम्वन्धन दिने अन्तिम तयारी भएको सूचना हामीलाई प्राप्त भएको छ ।
त्यसको बदलामा काठमाडाँै विश्वविद्यालयलाई अस्तव्यस्त बनाएर विगतमा यस्तै बदमासीमा सम्लग्न पदाधिकारीलाई पुन अर्को पदावधिका लागि नियुक्ति गर्ने गरी सौदाबाजी हुन लागेको जानकारी पाएका छौँ । उनले भनेका छन् , ‘यस्तो हुन दिइने छैन् ।’
उनले विगत सहमती अनुसार बरिष्ठताको आधारमा तत्काल डीन नियुक्त गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रक्रिया अघि बढाउन समेत माग गरेका छन् ।