‘फोटो पत्रकार भाइहरुलाई, धन्यवाद दिदै विमानस्थलबाट बिदा भए लोकमान..

२०७३ कात्तिक ३ बुधवार
NewsDesk ShikharNews
Spread the love

कात्तिक ३, २०७३ काठमाडौं :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किर्एका छन्। उनी एक कार्यक्रममा सहभागी हुन असोज ३ गते क्यानडा गएका थिए। बुधबार साँझ ८ बजेर ५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिएका कार्कीले फोटो पत्रकारहरुलाई धन्यवाद दिएका थिए।
‘फोटो पत्रकार भाइहरु, यत्रो कष्ट गरेर तपाईहरु आइदिनुभयो फोटो खिच्न धन्यवाद!’ भन्दै उनी बा ११ च २०२० नम्बरको अख्तियारको गाडीमा चढेर बाहिरिएका थिए। कार्की साउदी अरबको अबुधावीबाट ईतिहाद एयरवेजको फ्लाइटबाट नेपाल आएका थिए। कार्की चार दिनको कार्यक्रममा सहभागिता हुन क्यानडा गएका थिए। त्यसपछि उनी निजी भ्रमणमा रहेका थिए। उनी क्यानडा उड्नु पहिला सर्वोच्च अदालतले योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन गर्ने फैसला गरेको थियो। उनी क्यानडा हुँदै साउदी अरब पुगेका थिए। उनले मंगलबार मात्र १० दिनको विदा स्वीकृत गराएका छन्। कार्की विदेशमै रहेका बेला सर्वोच्च अदालतले म्याद तामेली गरेर १५ दिनभित्र अदालतमा स्वयम् वा प्रतिनिधी पठाउन भनेको थियो।

श्रोत्: