के गर्दैछन पप गायक सञ्जय श्रेष्ठ ?

२०७३ कात्तिक ६ शनिवार
Shikhar News

नेपालमा पप गीत गायर गाली खन्नेहरु मध्येका  एक सदाबहार पप गायक सञ्जय श्रेष्ठ जस्का गातीहरु अहिले पनि उतिकै पपुलर छन । ‘माया मेरी माया,हे मेरी अन्जान मायालु,एउटा गाउँ थियो,टाढा नजाइदेउ तिमी लगायत धुप्रै चर्चित गीत गायका गायक सञ्जय श्रेष्ठले पचासको दशकमा क्रस रोड संगीतिक समुह बाट आफ्नो गायन यात्रा सुरु गरेका थिए । ‘माया मेरी माया’ पहिलो गीत नै हिट भए पछी उनिको गायन यात्राले शिखर चुमेको थियो । सदा वहार यी गायक र यिनको गायन यात्रा कहाँ पुग्दैछ ? शिखर न्यूजका लागि विजय तिमिल्सिनाले गरेको कुराकानी ।

१. पप सम्राट ओम बिक्रम बिष्टले जस्तै तपाईंले पनि पप गीत गायर कतीको गाली खानुभयो ?

ओम दाईका पछि पछि हरिस माथेमा,सुनिल उप्रेती,भिम तुलाधर,प्रबेषमान शाक्य लगायत मैले पनि संघर्ष गरे । संघर्षका दिनहरुमा ओम दाईलाई बुझी रहदा खासै त केही होइन । पप गीत सुन्ने ट्रेन बस्दै गर्दा हाम्रो संघर्ष क्रसरोडको समुहमा अगि बड्दै थियो ।

२. हाल प्रविधी र पैसा दुबैका कारण गीत गाउँन सजिलो भएको छ । तपाईं प्रविधीले र समाजले अप्ठ्यारो पारेको अवस्थामा गायन क्षेत्रमा आयको गायक यस बिषयमा के भन्नुहुन्छ

प्रविधीले सजिलो बनायो तर गीत गाउँन सजिलो भने छैन । पैसाकै बलमा गीत गाउँने चलनको थालनी भएकोमा चाँही यस्तो खेलाँची नगरिदिय हुन्थ्यो भन्ने लाग्छ । हामीले गीत गाउदा महिनौ देखी हल्ला हुन्थ्यो । कुनै कन्सडको महिना दिन अगाडि नै टिकेट खुल्थ्यो,चर्चा हुन्थ्यो,पैसा हुन्थ्यो । हाल त्यस्तो अवस्था छैन । लगानी गर्नै डरमर्दो छ । मिडियाका हिसाबले भिडियो र अडियो त दर्शक स्रोतालाई सुनाउन सकियला तर रोयलटी र अन्य आम्दामी गर्हो छ । स्टेज शो मात्रै एक भरपर्दो आम्दानी हो । त्यो पनि भव्य महत्सोवमा मात्रै गरिन्छ ।

३. दाई हाल तपाईं केमा बेस्त ?

बिज्ञापन एजेन्सी चलाउदै छु । पन्द्र वर्ष भयो यो क्षेत्रमा कर्म गरेको ।

४. नेपाली चल्चित्रको पर्श्व संगितकारका नामले पनि तपाईं चर्चित हुनुहुन्छ । हाल यो कर्म पनि जारी नै होला ?

लगभग १०० वटा नेपाली चल्चित्रमा पार्श्व संगित गरे । बिगत २ वर्ष देखी यो काम पनि गरेको छैन । आम्दानी नहुने काममा धेरै समय बर्वाद गर्नुहुन्न जस्तो लाग्यो ।

५. भने पछि तपाईं अहिले पैसा कमाउन लाग्नु भयो ?

त्यस्तो पनि होइन । अरु यो लाइन छोडेर बिजनेस गर्छन् म ट्राभल बिजनेस छोडेर यो लाइनमा आएको मान्छे । आधारभुत आवश्यक्ता पुरा गर्न पनि पैसा त कमाउनै पर्‍यो ।

६. त्यसो भए तपाईं अब नयाँ गीत नगाउने ?

म मेरा पुराना र नयाँ पुस्ताका स्रोता दर्शकलाई यही डेसेम्बरमा नयाँ एक्बम ‘थ्याँक्स गड इट्स फ्राइडे’ लियर आउँदै छु ।

७. अन्तिममा मैले सोध्न त धेरै छुटाय तपाईंले नभनी नहुने केही कुरा छुटाउनु भयोकी ?

त्यस्तो त खासै केही छैन । नयाँ म्युजिक लाइनमा लाग्न चाहने साथीहरुली गीत संगितलाई राम्ररी भुझेर आईदिनु होला । तपाईंहरुले राम्रो गरी दिनु भयो भने अर्को नयाँ पुस्ताले पनि तपाईंहरुको पथ पहिल्याउछन ।  देश बिदेसमा हुनुहुने समस्त नेपालीलाई  दिपावलीको शुभकामना । धन्यवाद ।