राजाको शासन कालमा राजाहरुको सवारी हुदा मन्दिरहरुमा पस्दा फुकालेको जुत्ता चप्पल उनीहरु जता गयो उतै हातमा बोकेर पु¥याउनु पथ्यो । त्यो काम ततकालिन शाही नेपाली सेनाका जवानले गर्नु पथ्यो । यति बेला राजाहरु पूर्व राजा भएका छन् । मुलु कमा गणतन्त्र स्थापना भएको छ । राजाका स्थानमा राष्ट्रपतिको व्यवस्था संविधानलले गरेको छ ।
मुलुकमा लोकतन्त्र स्थापना भयो । व्यवस्था परिवर्तन भयो तर व्यवहार भने परिवर्तन भएको छैन् । यसको उदाहरण शनिवार राष्ट्रपति विद्यादेवि भण्डारीको परिवारका साथ सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती दर्शनमा देखिएको दृष्यलाई लिन सकिन्छ ।
नेपाली सेनाका जवानहरु राष्ट्रपति विद्यादेवी भण्डारी उनकी दुई छोरी र परिवारका राष्ट्रपति कार्यालयका अन्य ब्यक्तिको जुता चप्पल उठाउने र बोकेर हिडि रहेका थिए । हेलिकप्टरबाट छोरीहरुसहित छिन्नमस्ता पुगेकी राष्ट्रपति भण्डारी मन्दिरमा पुजा गर्न गएपछि नेपाली सेनाका जवानहरुले उनी र उनकी छोरीहरुको जुता चप्पल उठाएर मन्दिरको निकासद्वारसम्म पु¥याएका थिए ।
निकासद्वारको केही टाढा जुता चप्पल राखिएपछि सेनाका एकजना माथिल्लो दर्जाका अधिकारीको निर्देशनमा पुनस् सैनिक जवानले चप्पल जुता उठाएर मन्दिर निकासद्वारको गेटनजिकै पु¥याए । यस्तो दृष्य निहाली रहेका स्थानियहरु राजा र राष्ट्रपति व्यवस्थामा केही फरक नभएको भन्दै गफ गरिरहेका थिए । लोकतन्त्र पछि पनि सामन्ती संस्कार अफै कायमै रहेको उदाहरण उक्त मन्दिरमा देखिएको थियो ।
(Phentermine )