भब्य भयो हंसपुर उत्सब

२०७३ कात्तिक १० बुधवार
Shikhar News
Spread the love

शिखर न्युज सम्बाददाता

आन्तरिक पर्यटन को प्रर्ब्रधन गरौ स्थानिय कला संस्क्रिती को जगेर्ना गरौ भन्ने मुल नारा का साथ अर्घाखाँची जिल्ला हंसपुर गाबिस रतन्मारे मा अशोज २७ गते सिद्धार्थ साथी सन्जाल ले अायोजना गरेको व्रिहत हंसपुर सास्कृतिक उत्सब २०७३ भब्य रुपमा सम्पन्न भएको छ । सिद्धार्थ साथी सन्जाल का अध्यक्ष सुनिल थापाको अध्यक्षता, अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला शिक्षा अधिकारि लीला बहादुर राउतको प्रमुख आथित्यमा भएको सो उत्सबमा नेपाल सरकारका सचिब तथा सिद्धार्थ मावी का पूर्व विद्यार्थी तथा शिछक मधुसुदन अधिकारि ज्यु लाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । राष्ट्रिय स्तर का चर्चित हास्य कलाकार बले कक्रोज्, लोक गायक बिमल राज छेत्री, उद्घोसक शितल शर्मा, चर्चित मोडेल सुनिल थापा, नव प्रतिभा धीरज छेत्री, गायिका भूमिका गिरी, गायिका करिश्मा घर्ति मगर, हास्य कलाकार बिजय बिसी, गायक सुनिल थापा, गायक कमल बस्नेत लगायतका कलाकार को बेजोड प्रस्तुती रहेको उक्त कार्यक्रमलाई मेघा बैंक नेपाल लिमिटेड ले मुख्य प्रायोजन गरेको थियो । हंसपुर सास्कृतिक उत्सब २०७३ को सफलता बाट आफुहरुलाई थप उर्जा मिलेको भन्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गरिने कार्यक्रमका संयोजक जीवन टण्डन ले जानकारी दिनु भयो ।

img_6520img_6501img_6462hansapur utsab4img_6487