New from Nepal

हरिवंश आचार्यज्युको ‘जात्रा’ कार्तिक २६ मा…

” आफैले छापे समाउने कसरी होला कमाउने?
कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेको फिल्म ‘जात्रा’ को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको ‘पैसा’ बोलको गीत फेसबुक मार्फता सार्वजनिक गरिएको हो ।
फिल्मको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाले जानकारी दिएका छन् ।
फिल्मको लागि आफैँले गीत लेखेर गाउन पाउँदा आफुलाई निकै खुशी लागेको हरिवंश आचार्यले बताएका छन् । गाउनका लागि केहि कठिन भएपनि गीतमा एउटा कथा रहेको उनको भनाई छ । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् ।

फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । विपिन कार्की र बर्षा राउत लिड रोलमा रहेको यो फिल्ममा रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्य लगायतको अभिनय पनि देख्न पाईनेछ ।
प्रसुति:
समिप गौतम
शिखरन्युज सम्पादाता