दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
२०८१ असोज २४ बिहीवार
काठमाडौं, ११ कात्तिक । झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने भारत गुजरात घर भएका श्यामलाल सरावगीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको छ । सराबगीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०३९ मा बंशजको आधारमा नेपाली नागरिकता लिई कुलेश्वरमा बस्दैआएको सूचना प्राप्त भएपछि महाशाखाको टोलीले अनुुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा श्यामलाल सराबगी(सरोगी) भारतको गुजरात राज्य, भजलापुर घर भएका घनश्याम सरोगीको छोरा भएको खुलेको थियो ।
श्यामलालको साथबाट महाशाखाको टोलीले भारतको निर्वाचन आयोगबाट सन् २००९।१।२० मा जारी भएको मतदाता कार्ड नम्बर जेड.सी.यु. १३०९९५४ को परिचयपत्र समेत बरामद गरेको छ । भारतको निर्वाचन आयोगको परिचयपत्र बाहक श्यामलालले झुटा विवरण पेश गरी काठमाडौं जिल्लाबाट स्थायी ठेगाना इन्द्रचोक राखी ११३५९ नम्बरको नेपाली नागरिकता लिएका थिए ।
महाशाखाले झुटा विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक श्यामलालमाथि नागरिकता ऐन २०६३ अनुसार थप अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पेश गरेको जनाइएको छ । महाशाखाले यसरी झुटा विवरण पेश गरी नागरिकता लिने अरु भारतीय नागरिकको पनि अनुसन्धान गर्ने बताएको छ ।
श्रोत::