सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
२०८१ असोज २० आइतवार
काठमाडौं, ११ कात्तिक । ट्राफिक महाशाखाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका बेला काठमाडौं उपत्यकामा सवारीसाधन चलाउन रोक लगाउने भएको छ ।
मुखर्जी कात्तिक दुई दिने भ्रमणका क्रममा यहि १७ गते नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमणका बेला सुरक्षालाई ध्यानमा राखेर अत्यावश्यक सेवाका सवारीबाहेक अन्यलाई भ्रमणका क्रममा रोक लगाइने महानगरीय ट्राफिक महाशाखाले बताएको छ ।
नेपालमा भारतीय राष्ट्रपतिको भ्रमण १८ वर्षपछि हुन लागेको हो । उपत्यकाको पूर्व, दक्षिण र उत्तर क्षेत्रमा सवारीसाधन चलाउन रोक लगाइने भएको महाशाखाले जनाएको छ ।
उक्त दिन सवारी चलाउन नपाइने सम्भावित रुटहरू एयरपोर्ट, गौशाला, चावहिल, बौद्ध, सुकेधारा, धुम्बाराही, नारायणगोपाल चोक, सानेपा, बल्खु, कीर्तिपुर, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर र कालिमाटी क्षेत्र रहेका छन्। यी क्षेत्रमा रोक लगाउँदा राजधानीको सवारी आवागमन लगभग उपत्यका बन्द जस्तै ठप्प हुनेछ ।
यस अघि पनि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला सवारी चाप र सुरक्षाका लागि जोड बिजोड प्रणाली अनुसार सवारी चलाइको थियो !
यसै गरि हुन लागेको रास्ट्रपतिको दुई दिने भ्रमको क्रममा
भिभीआईपीको लागि तीन वटै लेनमा कारगेट गुड्ने तथा बीचमा भिआईपीको गाडी रहने भएकाले बाटो खाली गर्नुपरेको महाशाखाले जनाएको छ । दुई दिने नेपाल भ्रमणको क्रममा मुखर्जी जनकपुर पनि जाने कार्यक्रम छ ।
समीप गौतम
शिखरन्युज