कसरी मनाउदै छन सेलिब्रेटी यसपालिको दीपावली ।

२०७३ कात्तिक १५ सोमवार
Shikhar News

हिन्दूहरुको महान चाड शुभ दिपावलीमा नेपाली गायक सञ्जय श्रेष्ठ,हेमन्त शर्मा र प्रकाश पौडेल अनी संचारकर्मी जिपी तिमील्सिना सग शिखरन्यूजले दिपावली कसरी खास बनाउदै हुनुहुन्छ,भनेर कुराकानी गरेका थियौ । यसै कुराकानीका आधारमा तयार पारीयको यो रिपोर्ट ।

sanjayaदिपावली आँफैमा रमाइलो चाड हो । सरसफाइ गर्ने, प्राधिकरणले बत्ती काट्ने कन्फम छ त्यसैले पाला भरी दिप प्रजोलन गरी घर झिलिमिली पार्ने यस्तै यस्तै कार्यक्रमका साथमा गायक सजय श्रेष्ठको दिपावली सुरु हुन्छ । पहिला पहिला रातै भरी देउसी खेलेको अनुभव सुनाउदै केही वर्ष देखी देउसी खेल्न छोडेको बताय । उनलाई ‘भन मेरा भाई हो देउसी रे’ नै राम्रो गीत लाग्छ र यही गीतलाई उनी आँफैले पनि पहिला गाएको स्मरण गरे । घरमा देउसी भैलो खेल्न आउनेलाई परमपरागत तरिकामा सामान्य दक्षिणा दिएर मनाउने गरेको बताए । उनी भन्छन,लक्ष्मी पूजा,महपुजा र भाई टिका लगाउदै रमाइलो गरिन्छ ।

hemanta कार्यक्रम नै कार्यक्रमको चापले गायक हेमन्त शर्मालाई दिपावलीले झन बेस्त बनायको छ । काठमाडौं र काठमाडौं बाहिर पनि कार्यक्रम परेको हुनाले देउसी भैलो पनि स्टेजमै दर्शक सँग खेलिन्छ । ‘भन भन भाई हो देउसी रे’ नै देउसीको उत्कृष्ट गीत लाग्छ हेमन्तलाई । उनी आँफैले चाँही देउसी कै खास गीत गाउँने मौका पाएका रहेनछन । तर पनि देउसी र भैलोका दिन आफ्ना र अरुका चर्चित गीत देउसी भैलोमा बजेका सुन्दा उनिलाई दिपावली अझै खास लाग्दो रहेछ । उनी आफ्नै पनि देउसी,भैलो खेल्ने इच्छा छ समय मिल्यो भने खेल्ने बताउछन । आफ्ना घरमा देउसी भैलो खेल्न आउनेलाई भने समुह हेरेर दक्षिणा दिने गरेका रहेछन । शर्मा भन्छन,दिपावलीका पाँचै दिनै बिशेष दिन हुन तर पनि लक्ष्मी पूजा र भाई टिकाको दिन खास लाग्छ ।

gp

संचारकर्मी जिपी तिमील्सिना सबैको झै मेरो पनि तिहार उज्यालो चाड हो भन्छन । दिदी बहिनीले दाजु भाईलाई टिका लगायर यो चाडलाई अझै सुखद बनाउछन । लक्ष्मी पूजा गरेर धनकी देवीलाई घर भित्र्याउने देखी देउसी भैलो खेलेर रमाइलो पनि गर्ने चाड हो । स्कुल कालेज पढ्दा देउसी,भैलो खेलेका सम्झन्ना छ । तर अहिले देउसी,भैलो नखेलेको धेरै भयो । जिपी तिमील्सिनाले घरमा देउसी भैलो खेल्न आउनेलाई समुह हेरेर एक हजार सम्म दक्षिणा दिने गरेका छन । ‘तिहारै आयो लौ झिलिमिली र मेरा भाई हो देउसीरे’ देउसी,भैलोमा गाउँने गीत नै उनिलाई मन पर्छ ।

prakash-poudel

गायक प्रकाश पौडेल प्रवासमा छन । नेपाल हुँदा तिहारमा निकै रमाइलो गरेको सम्झिदै बिदेसमा पनि नेपालीहरु मिलेर तिहारलाई बिशेष बनाउने प्रयास गर्छन् । उनी भन्छन, बिदेश मा पनि हामी नेपालमा जस्तै तिहार मनाउने कोसिस गर्छौ , धर्म र संस्कृति जहिले माथी हुन्छ ।देउसी भैलोमा बिशेश ‘भन भन भाइ हो देउसुरे’ भन्दै मादल बजौदै नाचदै साथी भाइहरु सङ रमैलो गरिन्छ । यही गीत राम्रो छ । मनोरन्जन हो दक्षिणा भन्दा यहि सदभाब र माया बाडिन्छ खेल्न आउनेलाई सेलरोटि र घरमा भएको परिकार बाट स्वागत गर्नुपर्छ । खास दक्षिणा दिने भनेको सगुनको रुपमा हो अत्याधिक दिनुहुन्न भन्ने उनको मान्यता छ ।