सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
२०८१ असोज २० आइतवार
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको ३ दिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । उनी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५:३५ बजे स्वदेश फर्केका हुन् ।
राष्ट्रपति मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन् । मुखर्जीका सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, राजदूतलगायत उच्च सरकारी अधिकारी उपस्थित थिए ।
मुखर्जी १७ कात्तिकमा नेपाल आएका थिए । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले उच्चस्तरीय भेटघाट गर्नुका साथै उनलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।
भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सरिक भएका राष्ट्रपति मुखर्जीले काठमाडौँको पशुपतिनाथ र जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा गरेका थिए भने स्वदेश प्रस्थान गर्नुअघि आजै उनले पोखरा भ्रमण गरी त्यहाँ आयोजित भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।