सर्लाहीमा एउटा सनसनीपूर्ण हत्या भएको एक महिना बितेको छ । तर प्रहरीले हत्याराको बारेमा केही पत्ता लगाउन सकेको छैन । ठीक एक महिनाअघि सर्लाहीको हरिवन, घुर्काेलीमा स्थानीय मानबहादुर स्याङतानको हत्या भएको थियो । सुरुमा उनको टाउको नभएको शव भेटिएको थियो, पछि हत्याराले ५ दिनपछि टाउको लगेर राखेका थिए । जून हत्या अहिलेसम्म रहस्यमै छ । स्थानीय वनमा वनपालेका रूपमा काम गर्ने स्याङतान बिहानै बारीमा काम गर्न हिँडेका थिए । टाउको नै गायब बनाएर उनको हत्या भएको थियो । हत्याको पाँच दिनपछि शव भेटिएकै ठाउँमा उनको टाउको भेटियो । जसले घटनालाई थप रहस्यमय बनायो । तर, एक महिना बित्दा पनि हत्याको कारण खुल्न सकेको छैन । स्याङतान स्थानीय वनको संरक्षणमा सक्रिय हुने गरेका थिए । त्यही रिसइबीमा कसैले उनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । घरबाट करिब पाँच सय मिटरको दूरीमा उनको शव भेटिएको हो । लामो समयसम्म पनि घटनाको अनुसन्धानमा सफलता हात नपरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट समेत टोली खटिएको छ । प्रहरीमा सिंघम एसपीको छवी भएका एसपी उत्तम सुवेदीले उक्त घटनाको अनुसन्धानमा कुनै सफलता हात पार्न नसकेपछि उनको जिल्लामा आलोचना सुरु भएको छ ।
एसपी उत्तम सुवेदीलाई अपराधीको चुनौती….
