New from Nepal

‘म खुब रोएँ अमेरिकामा’ करिष्मा मानन्धर…

नायिका करिष्मा मानन्धरले अमेरिकामा आफू खुब रोएको बताएकी छन् । आफू निकै मेहनेतका साथ निर्माण गरेको फिल्म नचलेपछि अमेरिका जानु परेको रहस्य खोल्दैं करिष्मा अमेरिकामा आफूलाई नितान्त एक्लो पाएको उल्लेख गरिन् ।

मैले अमेरिका जाने निर्णय गरे र गए । मैले निकै आशा र मिहिनेतका साथ निर्माण गरेको ‘बाबुसाहेब’ फिल्म चलेन । साह्रै निराश भए । मैले सिनेमा जगतमा मिहिनेत गरेकी थिए ।

तर, मिहिनेतअनुसारको फल पाएकी छैन् कि भन्ने भान भयो । म उत्साहबिहीन बन्दैं गएकी थिए । त्यतिबेला यो क्षेत्रबाट मुक्त हुन चाहेकी थिएँ । करिअर बदल्न खोजेकी थिएँ । त्यसैले जिद्धी गरेर केही समय ब्रेक लिनका लागि गएँ अमेरिका ।

तर, जब म अमेरिका गएँ । आफूलाई नितान्त एक्लो महसुस गरे । सायद जीवनमा पहिलोपटक त्यति धेरै एक्ली भएकी थिएँ । विदेशमा गएपछि मात्र थाहा हुँदो रहेछ, देश छाडेर जाँदा कति पीडा हुन्छ भन्ने । म त्यतिबेला रोएँ । धेरै आँशु झारे ।

अमेरिकामा नानाथरी कुरामा अल्झिदैं गएँ । मैले पसल पनि सुरु गरेकी थिएँ । तर पनि म खोक्रो भएकी थिएँ । कर्ण शाक्यले भनेजस्तै म आधी उमेरमै ‘होपलेस’, र ‘फेमलेस’ भएकी थिए । म अमेरिकामा बस्नै सकिन र विनोदजीलाई भने, ‘म नेपाल नै फर्किन चाहन्छु ।’ दुई वर्षपछि सबै चीज छाडेर नेपाल फर्किएँ ।

 

 

श्रोत: नयाँ पत्रिकासँग गरेको गफगाफको आधारमा

(https://www.softlay.com/)