दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
२०८१ असोज २४ बिहीवार
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई म्याद तामेलीमा अवरोध गरेकोमा आफैँ उपस्थित भएर लिखित जवाफ दिन भनेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले लोकमानसहित विपक्षी बनाइएका चार जनालाई स्वयम् अदालतमा उपस्थित भई सात दिनभित्र जवाफ दिन आदेश गरेको हो । “सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सात दिनभित्र स्वयम् आफैं उपस्थित भई लिखित जवाफ पेश गर्नु भनि निवेदनमा विपक्षी बनाइएका व्यक्तिहरुलाई निवेदनको प्रतिलिपिसहित म्याद सूचना तत्काल जारी गर्नू,” आदेशमा भनिएको छ । कार्कीको योग्यतासम्वन्धी मुद्दामा पुनरावलोकनको फैसलापछि म्याद तामेली गर्न गएका अदालतका कर्मचारीलाई अवरोध गरेको भन्दै कार्वाहीका लागि लोकमान, उनका ज्वाइँ प्रवल थापा, पूर्वकानुन सचिव एवं कार्कीका नातेदार प्रमोद कार्की र नेपाल प्रहरीका सई नकुलराज गौतमलाई विपक्षी बनाइ अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा निवेदन दिएका थिए ।