New from Nepal

सडक दुरघटनामा परि कलाकार ओम क्षेत्रीको मृत्यु…

आईतबार बेलुकी अन्दाजी ९ बजेर ५० मिनेटको समयमा काठमाण्डौ जिल्ला तिलिङ्गेटारस्थित सडकखण्डमा नयाँबसपार्कबाट चक्रपथतर्फ जादै गरेको बा ४५ प ६९१५ नम्बरको आर वान फाइब (R15) मोटरसाइकल अनियन्त्रीत भइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किदा नेपाली चलचित्रका कलाकार तथा मोडल अर्जुन प्रसाद पौडेल (ओम क्षेत्री) को निधन भएको छ । उनको  उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको प्रहरी इन्पेक्टर तुलसि भट्टराइले बताउनु भएको छ ।

14962583_1779113508996620_5002247615621221816_n

पोलमा ठोक्किएर गम्भीर घाईते भएका क्षेत्री र मोटरसाईकल पछाडी सवार जिल्ला भक्तपुर बालकोट बस्ने २२ वर्षिय कृष्ण बस्नेत गम्भीर घाइते भएका थिए । क्षेत्रीको उपचारको क्रमम निधन भएको थियो भने बस्नेतको हाल ग्रिन सिटी अस्पतालमा थप उपचार भइरहेको छ । । दुर्घटनामा परेको मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको ।

स्वो ओम क्षेत्री द्वारा अभिनित कस्तो टेन्सन तरङ्ग र कसिङ्गर् गरि तिन चलचित्रमा अभिनय गरेका थिए  कस्तो टेन्सन गत बर्ष रिलिज भएको थियो भने बान्कि २ चलचित्र तरङ्ग र कसिङ्गर् चाहि रिलिजको प्रतिक्षामा थिए  ।  दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका क्षेत्री कलाकारिता संगै राजनीतिमा पनि उत्तिकै क्रियाशील थिए । क्षेत्री युवा संग ,काठमाण्डौको केन्द्रीय अधक्ष्य पनि रहेका क्षेत्रीको निधनले नेपाली चलचित्र नगरीले अर्को कुशल कलाकार गुमाएको छ । स्वो क्षेत्रीको सोमबार साँझ नै हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
प्रसुति: समिप गौतम
शिखरन्युज