New from Nepal

कहि नभएको जात्रा पेरिसडान्डामा !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्

विभिन्न माग राख्दै पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा पूर्वलडाकुहरुले सोमबार कब्जा जमाएका थिए ।

बालबच्चासहित पार्टी कार्यालय कब्जा गरेका बर्हिगमित पूर्वलडाकुहरुलाई मंगलबार बिहानै प्रहरीले हटाएको हो । अयोग्यको बिल्ला हटाउनु पर्ने, गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, जनमुक्ति सेनासरहको समान व्यवहार गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

यसअघि पनि उनीहरूले माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका थिए । पार्टी कार्यालय घेराउ गर्न बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित करिब दुई सय पूर्वलडाकु पेरिसडाँडामा बसेका थिए ।

नेकपा माओवादी केन्द्रको मुख्यालय कब्जा गरी बसेका पूर्वलडाकूलाई प्रहरीले गिरफ्तार गरेको छ । सरकार र पार्टीले बेवास्ता गरेको भन्दै हिजोदेखि माओवादी केन्द्रको कोटेश्रस्थित पार्टी मुख्यालय कब्जामा लिएका १ सय ६९ पूर्वलडाकूलाई प्रहरीले आज विहान गिरफ्तार गरेको हो । नियन्त्रणमा लिइएका पूर्वलडाकूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबार, बानेश्वर, टेकु र पुलिस क्लबमा राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो पार्टी नेता र सुरक्षा अधिकृतलाई बोलाएर लडाकूको अवरोध हटाउन निर्देशन दिएका थिए । अघिल्लो सरकारले दुई लाख दिने घोषणा गरेपनि सर्वोच्च अदालतमा परेको रिटका कारण पूर्वलडाकूले सो रकम पाउन सकेका छैनन् । अदालतकै कारण सरकारले घोषणा गरेको राहत पनि नपाएको भन्दै उनीहरुले सर्वोच्च अदालत घेराउ गर्ने तयारी पनि गरिरहेका छन् । गणतन्त्रिक योद्धाको घोषणा, स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकू सरह आर्थिक प्याकेज, घाइतेको निःशुल्क उपचार र आजिवन भत्ताको मागसहित पूर्वलडाकूले दबाबमूलक आन्दोलन सुरु गरेका थिए ।

सेना सममायेजनका क्रममा तत्कालीन जनमुक्ति सेनाबाट चार हजार नौजनालाई अयोग्य लडाकु भन्दै शिविरबाट निकालिएको थियो ।