New from Nepal

सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…

सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध
उठिदिन्छ सधै हिमाल बनी देसको साध

गौरीशङ्कर गाथा हाम्रो जुगल हो जोश
हिमाल झै उचाई लिने नेपालीको सोच
मनास्लु झै मन छ हाम्रो अन्नपुर्ण आट
त्यही हेरी मुस्कुराउछन तराईको फाट

कान्जिरोवा कर्म हाम्रो गणेशको गौरव
देखाउनुछ कस्तो हुन्छ नेपालीको पौरख
माछापुच्छ्रे आँखा हाम्रो धौलागिरी धुरी
यहि फल्छ गर्न सके हिरा मोती मुरी

प्रेम राई “परीक्षित”
उदयपुर