“साइप्रस रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ”

२०७३ कात्तिक २७ शनिवार
Shikhar News Admin

“साइप्रस रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने कन्सल्टेन्सीका
संचालक पक्राउ”
जिल्ला ओखलढुङ्गा घर हुने उत्तम कुमार श्रेष्ठ, जिल्ला धादिङ घर हुने कृष्ण ढकाल, जिल्ला रुकुम घर हुने चन्द्रे भुपाल पुन, बल बहादुर वली र उपेन्द्र के.सी.ले महानगरीय अपराध महाशाखामा आफुहरुलाई प्रतिव्यक्ति रु.५,००,०००।– (पाँच लाख) लिने शर्तमा जिल्ला म्याग्दी भकिल्मी गा.वि.स.-२ घर भएका अमर बहादुर वि.क. ले का.जि.गंगवु स्थित संचालन गरेकोअमर सुमीत्रा कन्सल्टेन्सीबाट साइप्रसमा पठाउने भनी जम्मा रु.४,४५,०००।– (चार लाख पैतालिस हजार) लिएकोमा विदेश नपठाई सम्पर्क विहीन भई ठगी गरेकोले आवश्यक कारवाही गरी पाउँ भनी निवेदन दिएकोमा अपराध महाशाखाबाट खटी गएको विशेष टोलीले ठगी कार्यमा संलग्न अमर बहादुर वि.क.लाई जिल्ला काठमाण्डौ बनस्थलीबाट मिति २०७३।०७।२४ गते पक्राउ गरिएको छ।
प्रारम्भिक अनुसन्धानबाट अमर सुमीत्रा कन्सल्टेन्सीका संचालक निज अमर बहादुर वि.क.ले साइप्रस पठाउने भनी वेरोजगार युवाहरुलाई अन्तरवार्ता समेत गराई प्रति व्यक्ति ५ लाख लाग्ने भनी पेश्की स्वरुप निज निवेदक लगायत ३५ जनाबाट रकम उठाएको बुझिएकोले निज अमर बहादुर वि.क.लाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि मिति २०७३।०७।२५ गते महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको छ ।
साथै निजलाई पक्राउ गरे पश्चात राजेशराज मैनाली, पिताम्बर श्रेष्ठ, खयन्द्र श्रेष्ठ, संजय श्रेष्ठ, सन्दीप थापा, नवराज श्रेष्ठ र मोहन बहादुर श्रेष्ठसँग समेत साइप्रस पठाउने भनी रु.७,००,०००।– (सात लाख) लिएको भनी निवेदन प्राप्त हुन आएको छ ।
यसरी गैरकानूनी रुपमा कन्सल्टेन्सीले अन्तरवार्ता लिई वैदेशिक रोजगारीमा पठाउने भनी ठगी कार्य गरेको पाईएको र यस कार्यमा अन्य व्यक्तिहरुको समेत संलग्न देखिएकोले सो विषयमा समेत अनुसन्धान जारी राखिएको ।
पक्राउ परेको व्यक्ति :-
नाम :- अमर बहादुर वि.क.
उमेर :- ४० वर्ष
स्थायी ठेगाना :- जिल्ला म्याग्दी भकिल्मी गा.वि.स. -२
अस्थायी ठेगाना : का.जि.गंगवु
पेशा : अमर सुमीत्रा कन्सल्टेन्सी गंगवुका संचालक