New from Nepal

आईजीपी अर्याल फाल्न को को सक्रिय….

नेपाल प्रहरीमा फेरी आईजीपी हटाउने खेल अघि बढेको छ । आईजीपी उपेन्द्रकान्त अर्यालको अवधि करिब चार महिनामात्र बा“की रहदा पनि एआईजीहरुले चलखेल जारी रहेका छन् ।  पछिल्लो समय आईजीपीको पदावधी ३  वर्षको बनाई अर्याललाई हटाउन लागिएको हो । जून खेलमा एआईजी राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाह छन् । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरमार्फत उनीहरुले उक्त खेललाई अघि बढाएका छन् । आईजीपी अर्याल बिदेशभ्रमणमा गएका बेला उनीहरुले यो खेललाई अघि बढाएका हुन् । स्रोतका अनुसार गृहमन्त्री निधी र माओवादी नेताहरुले मागेअनुसार पैसा दिन एआईजीहरु तयार नहु“दा आईजीपी फेर्ने खेलले मूर्त रुप लिन सकेको छैन ।    एआईजी भण्डारी आईजीपी अर्यालबीच त शत्रुतापूर्ण सम्बन्ध छ । सामान्य बोलचाल समेत उनीहरुबीच छैन । प्रहरी दिवसलाई समेत भण्डारीले बहिष्कार गरेका थिए । स्रोतका अनुसार भण्डारी उर्जामन्त्री शर्मालाई भेट्न पटक पटक मन्त्रालय जाने गरेका हुन् । आईजीपी अर्याल अख्तियारका प्रमुख आयुक्त कार्कीको भक्त भएको आरोप लगाउदै उनले उर्जा मन्त्रीलाई उचालेका छन् । यसअघि पनि आईजीपी फाल्ने खेल पटक पटक हु“दै आएको थियो । तर, त्यसमा उनीहरु सफल भएनन् । यसपटक उनी ‘अन्तिम प्रयास’मा लागेका छन् । अर्यालस“गको इगोका कारण पनि उनी यो खेलमा लागेका हुन् ।   पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधी सकारात्मक हुदै गएका छन् ।  आईजीपी फेर्नका लागि प्रहरी नियमावली संशोधन गर्नुपर्ने हुन्छ । पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह राना संयोजकत्वको कार्यदलले दिएको संघीयतासम्बन्धि प्रावधान लागू गरेर आईजीपीलाई हटाउन लागिएको हो । गृहमन्त्री निधीले उक्त प्रतिवेदन कार्यान्वायनबारे तिहारअघि छलफल गरेका थिए।   सर्वाेच्च अदालतले प्रहरीको करिअरसम्बन्धि प्रावधानहरु ऐनमै राख्न आदेश दिइसकेकाले नियमावली संशोधन गरेर अर्याललाई फाल्न पनि समस्या छ । तीन वर्षे सेवाहदका आधारमा आगामी महिना उनको तीन वर्षे  पदावधी पुग्दैछ ।  त्यस्तै प्रहरीमा एक समूह भने ३० वर्षे सेवाहद हटाउने समूह पनि लबिङमा लागेको छ । अवकाश हुन लागेका प्रहरीहरु यस्तो खेलमा लागेका हुन् । तर भावी आईजीपीका दाबेदार डिआईजी नवराज सिलवाल, प्रकाश अर्याल, जय बहादुर चन्द तथा बम बहादुर भण्डारी भने यसको विरोधमा छन् । यून मिसनबाट बिदामा आएका एसएसपी रमेश खरेल समेत आईजीपी फालेर एआईजी भण्डारीलाई आईजीपी बनाउने खेलमा लागेको स्रोत बताउछ । अहिले सहयोग गरे पछि आईजीपी बनाउन सहयोग गर्ने आश्वासन दिएकाले खरेल पनि उक्त खेलमा लागेका हुन् । ३० वर्षे पदावधिको प्रावधान नहटेमा अबको दुई वर्षपछि खरेलकै ब्याचबाट आईजीपी छानिनेछन् ।  त्यस्तै केही हतियारकम्पनीका एजेन्टहरु पनि आईजीपी फेर्ने खेलमा लागेका छन् ।