काठमाडौंः जबरजस्ती बजार र सवारीसाधन बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले काठमाडौं उपत्यकाबाट ६६ जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दका क्रममा सडकमा उत्रेका ती कार्यकर्तालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेर हिरासतमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रधुम्न कार्कीका बताएका छन् , पक्राउ पर्नेमा नेकपा माओवादी काठमाडौं जिल्ला समितिका उपाध्यक्ष किरण भनिने सुर्य भुजेल र जिल्ला सदस्य विशाल लामा सहित सन्दिप तामाङ, साधु चौरसिया, संकल खड्का, सुवास नगरकोटी, उपेन्द्र तामाङ, प्रसन्न आलेमगर, पदम बहादुर सुनुवार, धन बहादुर तामाङ, अनुप तामाङ, निरज गुरुङ, सम्भु थापा मगर, विकास थापामगर लगायत ५१ जना रहेका छन् ।
प्रहरीले बन्दका बेला अप्रिय घटना हुन नदिन उपत्यकाभर प्रहरीको बाक्लो उपस्थिति गराइएको र सवारीसाधन पनि चलाउने प्रयास भइरहेको पनि बताए ।
शिखरन्युज सम्पादाता