२८ कात्तिक,चितवन । भारतमा बर्डफ्लुको संक्रमण देखिएपनिे चितवनमा उच्च सतर्कता अपनाईएको छ । कुखुरापालन व्यवसाय फष्टाएको चितवनमा बर्डफ्लु भित्रन नदिन व्यवसायीहरुले जैविक सुरक्षासँगै उच्च सतर्कता अपनाएका हुन् भारतबाट अबैध रुपमा आउने कुखुरा र कुखुरा जन्य बस्तुबाट बर्डफ्लु आउन सक्ने भएकाले सतर्कता अपनाईएको नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष डा तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
यस्तै बसाई सरेर आउने चराहरुबाट समेत वर्डफ्लु आउन सक्ने भएकाले यसतर्फ पनि व्यवसायीहरु सचेत बनेका छन् । चितवनमा २०६९ सालमा वर्डफ्लुको महामारी भएको थियो । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा डिल्लिराम सेढाईले अहिलेसम्म चितवनमा कुनैपनि त्यस्तो संकेत नदेखिएको बताउनुभयो । बर्डफ्लु रोग पशुपंक्षिबाट मान्छेमा सर्छ । मान्छेबाट मान्छेमा अहिलेसम्म सरेको छैन । यो कुखुरामा लाग्ने एक प्रकारको रुघा हो । चितवन कुखुराको राजधानी भएकाले पनि व्यवसाय ठुलो भएकाले उच्च सतर्कता अपनाईएको हो । एक तथ्यंक अनुसार ७५ अर्ब लगानी भएको चितवनमा ५३ लाख बढी ब्रोईलर कुखुरा र झण्डै ४१ लाख लेयर्स कुखुरा पालिंदै आईएको छ ।
सुर्या प्रसाद अधिकारी
शिखरन्युज सम्पादाता
चितवन