नारायणी पुलमा हाम्फाले जस्तै पारि नक्कलि आत्माहत्या गर्ने पक्राउ…

२०७३ कात्तिक २८ आइतवार
NewsDesk ShikharNews
Spread the love
नारायणी नदी पुलमा  आईतवार विहानै मोरङ निवासी तिल प्रसाद लिम्वुले आफन्त र प्रहरीलाई तर्साउने र बेवकुफ बनाउदै दिनभर तनाव दिएका छन् ।
आफनो श्रीमतिको नाममा चिठठी लेखेर ,श्रीमतिको नागरिकता, विवाह दर्ताको प्रमाणपत्र सहित नागरिकताको फोटोकपि , पर्स , मोवाईल र ज्याकेट नारायणी पुलमा छोडी हिडेका लिम्वुलाई चितवन प्रहरीले साँझ प्रक्राउ गरेको छ ।
प्रक्राउ परेका लिम्वुले परिवारलाई तर्साउन यस्तो गरेको प्रहरी सामु बताएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी बसन्त बहादुर कुँवरले जानकारी दिनु भयो । साथै उहाँले लिम्वुलाई जिल्ला प्रहरी कार्यालय मोरङ चलान गर्ने जानकारी दिनु भयो ।
लिम्बूले श्रीमतीलाई वियोगान्त पत्र लेखेर गए राति नारायणी नदीको पुलको बीच भागमा छाडेका थिए। प्रहरी निरीक्षक थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको थियो। आज बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले दिनभर उनको खोजी गरेको थियो।
बडा प्रहरी कार्यालयमा लिम्वुले छोडेको सामानहरु राखिएके छ । आफन्तका अनुसार लिम्वु मानसिक रुपमा पछि केही अस्वस्था रहेको प्रहरी निरिक्षक राजेन्द्र थापाले बताउनुभयो ।
रासस