New from Nepal

भारु पाँच सय र हजारका नोट खारेजी सङ्गै प्रचण्डको पनि डुब्यो एक अर्ब भारु !!!

कहाबाट आयो प्रचण्डसङ्ग अरौबौ भारु रुपया के हेर्दै बस्दै छ सम्पति सुद्धिकरण र अख्तियार ??

भारतले एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालीहरूलाई पनि परेको छ । तर, भारतको यो निर्णयले नेपालमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल र माओवादीका अरु केही नेताहरु सबैभन्दा बढी पीडित बनेको तथ्य खुलासा भएको छ ।

भ्रष्टाचार तथा कालो धन संग्रहलाई निरुत्साहित गर्न मोदीले गरेको निर्णयको असर आफूमा पनि परेकाले प्रधानमन्त्री दाहालले त्यसलाई छुटाउन मोदीलाई टेलिफोन गरेको रहस्य घटना र विचार साप्ताहिकले खोलेको हो ।

भारतले गत कात्तिक २३ गते ठूला दरका भारतीय नोट नचल्ने निर्णय लिएपछि नेपालका प्रधानमन्त्री र माओवादीका खासखास नेताहरू गहिरो शोकमा परेको उक्त पत्रिकाले समाचार लेखेको छ ।

घटना र विचारले लेखेको छ, ‘यसरी अचानक ठूला नोटहरू नचल्ने घोषणा हुँदा त्यसको गम्भीर असर नेपाली व्यापारी र भारतमा श्रम गर्ने नेपालीलाई पनि परेको छ । तर, प्रधानमन्त्री प्रचण्डमा छटपटी बढ्नुको कारण नेपालीलाई समेत असर परेकोले भने होइन रहेछ । प्रचण्डले भारतस्थित आफ्ना विश्वासप्राप्तहरूको जिम्मामा एक अर्ब भारुभन्दा बढी नगद लुकाएको र उक्त रकम कागजको खोस्टोमा रूपान्तरित भएकोले उनी ज्यादा छटपटिएका हुन् । ठूला भारतीय रुपैयाँ खारेजीको सूचना पाएलगत्तै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी ‘नगद बचाउने’ प्रयास गरेका थिए । तर, करिब एक सातासम्म निरन्तर प्रयास गरेपछि प्रचण्डले सोमबार (२९ कात्तिक) मात्र मोदीसँग टेलिफोन संवाद गर्ने मौका पाए ।’

भारतीय राजदूतदेखि भारतमा रहेका कतिपय मित्र र नेपालमा रहेका भारतनिकटका सूत्रहरूसँग पनि प्रचण्डले मोदीसँग एकपटक संवाद गराइदिन अनुनयविनय गरेको र दाहालले गरेको बिलौना सुनेर भारतीय राजदूतावासले सोमबार मोदीसँग संवादको व्यवस्था मिलाइदिएको खुलासा पत्रिकाले गरेको छ । तर, भारतमा भएको आफ्नो नगद (एक अर्ब भारुभन्दा बढी) साट्ने व्यवस्थाका लागि मोदीलाई भन्न भने प्रचण्डले सकेनन् ।

‘प्रचण्डले नेपालीहरूसँग भएको भारु साट्ने व्यवस्था गरिदिनका लागि मोदीसँग विशेष आग्रह गरेका छन् र मोदीले कुनै उपाय छ भने हेरौँला भनी आश्वासन पनि दिएका छन् । तर, भारतको केन्द्रीय रिजर्भ बैंक नेपाल र भारतमा रहेको ठूलो परिणामका भारु सटही गर्नेबारेमा निकै कठोर देखिएको छ । जाली भारतीय नोटको कारोबारमा पाकिस्तानीहरूलाई कतिपय नेपालीले समेत सघाउने ठहर गर्दै आएको भारत नेपालीहरूसँग भएको भारु सटही गर्ने पक्षमा देखिएको छैन,’ उक्त पत्रिकाले लेखेको छ ।

विगतमा नेपालमा पाँच सय र हजारका भारतीय नोट प्रतिबन्धित भएकोले प्रचण्डले माओवादीको नाममा सङ्ग्रह हुन पुगेको एक अर्बभन्दा बढी भारु नयाँदिल्ली र आसपासमा रहेका आफ्ना विश्वासप्राप्त हितैषीहरूको जिम्मा लगाएको ठहर भारतीय अधिकारीहरूले गरेका छन् । नगद सटही नगरे पनि भारतमा कहाँ कोसँग प्रचण्डको नगद रहेको छ भन्नेबारेमा भारतका सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेको र यसक्रममा रोचक तथ्यहरू फेला पर्न थालेको बुझिएको छ । भारतमा राखिएको रकम माओवादीको भनिए पनि यस विषयलाई लिएर सबैभन्दा बढी छटपटाहट प्रचण्ड र कृष्णबहादुर महरामा मात्र देखिएको भन्दै घटना र विचार साप्ताहिकले समाचार प्रकाशन गरेको छ ।