New from Nepal

गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…

आज पाचौँ राष्ट्रिय कर दिवस । बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । आन्तरिक राजस्व विभागले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको जानकारी दिएको हो ।

गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर भन्ने नारासहित मनाउन लागिएको कर दिवसका अवसरमा सरकारले विशेष कार्यक्रमको आयोजना गरेको छ । कर दिवसको अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरिसकेको अवस्थामा देशको आर्थिक सामाजिक रुपमान्तरण गर्न वित्तिय श्रोतको दिगो दिगो र भरपर्दो व्यवस्था गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । दिवसको अवसरमा सरोकारवाले कर प्रशासनलाई चुस्त र प्रभावकारी वनाउन तथा जनताले तिरेको करको उचित सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन् । कुल ग्राह्स्त उत्पादनमा राजश्व तर्फको योगदान २१ प्रतिशतको हाराहारीमा छ ।
गतवर्ष ४ खर्ब ७५ अर्ब राजस्व सङ्कलन गरेको विभागले यसवर्ष ५ खर्ब ६६ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । विभागले ३० जिल्लामा ४९ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।