New from Nepal

चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।

मंसिर ०२, चितवन । चितवनमा स्क्रब टाइफस रोगबाट थप एकजनाको मृत्यु भएको छ ।

कार्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका २२ निवासी ३५ बर्षकी महिलाको मृत्यु जनस्वास्थ्य कार्यलय चितवनले जनाएको छ । भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनस्वास्थ्या कार्यलय, चितवनका भेक्टर कन्ट्रोल नीरीक्षक राम के.सी ले जानकारी बताउनु भयो ।

चितवनमा यो बर्ष मात्रै छ जनाको मृत्यु भएको छ । मुसाको शरीरमा हुने माइट नामक किराले टोकेर यो रोग सर्छ । यो रोगबाट चितवनमा ४७१ जना बिरामी भएका छन ।

सुर्य प्रसाद अधिकारी
शिखरन्युज सम्पादाता
चितवन