सुर्य प्रसाद अधिकारी,
शिखरन्युज, सम्पादाता
मंसिर ०३, चितवन । चितवनमा डेंगुबाट एक बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले पुष्टि गरेको छ । पुर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ बर्षिय बालिकाको डेंगुका कारण मृत्यु भएको हो । यो आर्थिक बर्ष लागेपनि डेंगुबाट मृत्यु भएको यो पहिलो भएको कार्यालयक भेक्टर कन्ट्रोल निरिक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
कार्तिक ३० गते मृत्यु भएपनि विहिवार मात्रै कार्यालयले पुष्टि गरेको हो चितवनमा अहिलेसम्म डेंगुबाट चितवनमा ६५३ जना विरामी फेला परेका छन् । एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगुसर्छ । जिल्लामा अहिले सचेतनामुलक कार्यक्रम चलाईएको छ ।