गजल

२०७३ मंसिर ४ शनिवार
Shikhar News

नबराज सौरबोटे 

 

मृत्युको कहिल्यै पनि, बाटो काट्न सकिँदैन
आगो निभाएला लाशमा, श्वास चाल्न सकिँदैन

कसैको शोकमा रुईन्छ कति, कति दिनबिना काम्
आफुलाई चाहेरै एक रात्, जागा राख्न सकिँदैन

दुश्मन् मरेमा बिना सजाय, भाग्यमानी भनिरन्छौ
चाहेरै लाशलाई बचाएर, फेरि मार्न सकिँदैन

मरेको आफ्नासङै जाने, चाहना नपाले हुन्छ है
सति जान बाध्य होइन, र हाम फाल्न सकिँदैन

बाचेर कमाउने पुन्य हो, दुश्मनै आफ्ना बनाई
मरेर गएपछी कुनै हालत, माफी माग्न सकिँदैन